उधौलीपर्वमा राष्ट्रपतिको शुभकामना

 

कालिकोट । राष्ट्रपति रामचन्द्र पौडेलले उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्।किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा शुभकामना दिँदै उनले यसले नेपालका सबै जातजाति बीच आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास पनि व्यक्त गरेका छन्।उनले विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतामा थप सुदृढ हुने र राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहंम भूमिका निभाएको बताएका हुन्।

error: Content is protected !!