कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, साँस्कृतिक परम्परा, कलासाँस्कृतिक शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु साझा दायित्व भएको बताउनु भएको छ ।२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधि, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनु भएको हो ।विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्व नेपाली समाजका पुँजी रहेको भन्दै उनले नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिकाको प्रशंसा समेत गर्नु भएको छ । उहाँले संविधानले विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र साँस्कृतिक सम्पदाको संरक्षणको अधिकार प्रदान गरेको बताउनु भएको छ ।