व्यवसायिक बाख्रा पालन सम्बन्धि ३ दिने तालिम संचालन

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयको सभा हलमा तिन दिने जिल्ला स्तरीय व्यवसायिक बाख्रा पालन सम्बन्धि तालिम संचालन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटको आयोजनामा तालिमको आयोजना गरीएको बताईएको छ । तालिममा जिल्लाको शुभकालिका गाउँपालिका, नरहरीनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिकाका गरी तिन वटा स्थानिए तहका बाख्रा पालन कृषकहरुको सहभागीता रहेको थियो ।

उक्त तालिमको सहजिरण कार्यलय प्रमुख धन बहादुर महत र सुचना अधिकारी अकल बहादुर सेजुवालले गर्नु भएको थियो । तालिममा बाख्रा पाल्नुका उदश्ये, नेपाल सरकार द्धारा सिफारीस भएका बाख्राका जातहरु, बाख्रा पालन ब्यवसायको महत्व, बाख्राको उत्पादन बढाउने थप सम्भावनाहरु लगाएत अरु थुप्रै बिषयमा कार्यलय प्रमुख महत र सुचना अधिकारी सेजुवालले उपस्थित कृषक हरुलाई प्रशिषण दिनु भएको थियो ।