संक्रमणकालीन न्यायसम्बन्धी छलफल गर्न शीर्ष नेताहरूको बैठक सुरु,

कालिकोट । प्रमुख तीन दल नेकपा एमाले,नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षसहितका नेताहरू सहभागी रहेका छन् । छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्। बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयक मा छलफल भइरहेको छ। दलहरुबीच सहमति नहुँदा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रतिनिधिसभाको समितिमा अड्किएको छ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!