समाज सेवी कृष्णबहादुर जसले व्यक्तिगत डेढ करोड खर्चेर बनाइदिए विद्यालय भवन

कालिकोट । भोजपुरको पौवादुङ्मा गाउँपालिकाका कृष्णबहादुर राईले करिब डेढ करोड रुपैयाँ बराबरको विद्यालय भवन निर्माण गरिदिएका छन् । गाउँपालिकाको वडा नम्बर २ हाँबुका कृष्णबहादुरले सोही वडामा रहेको सितलादेवी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गरिदिएका हुन् । कृष्णबहादुरले कक्षा ३ सम्म रहेको विद्यालयलाई ६ कोठे नयाँ पक्की भवन तथा बालबालिका खेल्नको लागि आवश्यक खेल सामग्रीहरु समेत जुटाइदिएका बताईएको छ । राईले विद्यालयलाई सोमबार एक कार्यक्रमका बीच नवनिर्मित भवन हस्तान्तरण गरेका छन् ।नयाँ भवन पाएपछि कक्षा ४ र ५ अध्यापन अनुमति पाउन पनि सहज हुने उनी बताउँछन् । कक्षा ४ पढ्न करिब एक घन्टा टाढा हिँड्नुपर्ने भएकोले पालिकामा कक्षा ५ सम्म अध्यापन अनुमतिको लागि अनुरोध गरिरहेको जानकारी प्राप्त भएको छ ।

error: Content is protected !!