काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।क्रिश्चियनको कार्यक्रममा सहभागी भएर सनातन धर्म–संस्कृतिको विरुद्धमा गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीको विपक्षम समग्र धार्मिक समाजले विरोध प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागीहरुले मन्त्री किरातीविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागेका हुन्। मन्त्री किरातीको उक्त अभिव्यक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ।
थाहा खबर बाट साभार