कालिकोट । प्राज्ञीक विद्यार्थी परिषद् नेपालले राष्ट्र व्यापी शैक्षिक कार्यक्रम सुरु गरेको छ । कार्यक्रम पौष १ गते देखी १५ गते सम्म संचालन हुने बताईएको छ ।
उक्त कार्यक्रम आज कालिकोटमा पनि सुरु भएको छ । जिल्लाको खा“डाचक्र नगरपालिका वडा नं ३ ताडीमा रहेको श्री जनजिवन मा.बी ताडीमा सम्पन्न भएको छ ।
विद्यालयका प्र.अ. तेज बहादुर शाही, प्राज्ञीक विद्यार्थी परिषद् नेपाल शुभकालिका जनजाती इकाई समिति प्रमुख हिमाल रोकामगर लगायत सम्पुर्ण शिक्षक परिषदका सदस्यहरुको उपस्थितीमा शिक्षा क्षेत्रको समग्र सुधार गर्ने उदेश्यले सुरु गरीएको सर्वेक्षणमा १० वटा प्रश्न समावेश गरिएको बताईएको छ ।
सो प्रश्नावलीमा उच्च शिक्षामा विधार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनितिक हस्तक्षेप लगायतका विषय समावेश गरिएको परिषदले जनाएको छ । सर्वेक्षण पौष १५ गते सम्म सञ्चालन हुने प्राज्ञीक विधार्थी परिषद् शुभकालिका इकाई समितिका सचिव बिनोद अधिकारीले जानकारी दिनु भएको छ ।