काभ्रेमा छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक सहित दुई शिक्षक प्रकाउ

 

कालिकोट । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक सहित दुई शिक्षक पक्राउ परेका छन्। पाँचखाल नगरपालिका(६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको बताईएको छ ।उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । आइतबार नै विद्यालय पुगेर जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका हुन  । पक्राउ परेका  दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा लगिएको छ। पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

error: Content is protected !!