आजको मौसम केहि ठाउँहरुमा बदली

कालिकोट । देशका विभिन्न भू–भागमा आज मौसम आंशिक बदली रही अन्यत्र ठाउँमा सामान्यतया सफा रहने जनाईएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको बताईएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने भएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

error: Content is protected !!