कालिकोट । इजरायलको हवाइ आक्रमणमा गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको छ। सघन बसोबास रहेको आवसीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा धेरै मानिसहरु घाइते भएको बताइएको छ। घाइतेलाई नजिकैको अल–अक्सा अस्पताल लैजाँदै गरेका दृश्य सञ्चारमाध्यममा सार्वजनिक भएका छन्। यीमध्ये पनि धेरै जना बालबालिका रहेको जनाइएको छ।इजरायलको आक्रमणमा तीनवटा आवसीय भवनमा क्षति पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।