शुभकालीका गाउँपालिका वडा नं १ छातीको एक घरमा आगलागी ।

कालिकोट । जिल्लाको शुभकालीका गाउँपालिका वडा नं १ छातीको एक घरमा आगलागी भएको छ । आज दिउसो करिव ४ः०० वजे तिर कमानसिंह सुनारको घरमा आगलागी भएको हो । घरमा ३ वर्षको बच्चा मात्र भएकाले कसरी आगलागी भयो भन्ने कुरा थाहा हुन नसकेको स्थानिय बासी धन सुनारले बताएका छन । आगलागी हुदा घर भित्र रहेका खाद्यान्न लत्ता कपडा साथै घर भित्र रहेका सम्पुर्ण धन माल जलेर नष्ट भएको र मानविय क्षेती भने नभएको स्थानिय बासी सुनारले बताए । उक्त घर खरले छाएको भएकाले पनि धेरै क्षती हुन पुगेको जानकारी प्राप्त भएको छ । यो बिषयमा वडा अध्यक्ष बिर बहादुर रामजाली मगरलाई सम्र्पक गर्दा आगलागी भएको भन्ने कुरा सुनेको तर पुर्ण रुपमा आफुलाई जानकारी नभएको बताउनु भयो । यसै विषयमा अस्थाई प्रहरी चौकी हुल्मका प्रहरी सहायक निरिक्षक असई बल बहादुर क्षेत्रीलाई सम्पर्क गर्दा आफुहरु आगलागी भएको ठाउमा गईरहेको टाढा भएकाले त्यहाँ पुग्न अझै करीव एक घण्टा लाग्ले र आफुहरु त्यहाँ पुगेपछी मात्र आगलागीको बिषयमा विस्तृत रुपमा जानकारी हुने जनाउनु भएको छ ।

error: Content is protected !!