कालिकोट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १४ केजी सुनमाथिको छानबिन समितिले सोही समूहले १ सय ३८ केजी सुन नेपाल भित्र्याएको निष्कर्ष निकालेको छ।केही साताअघि भन्सार कार्यालयबाट १४ केजी सुनसहित गोरखाका चन्द्रबहादुर घले पक्राउ परेपछि छानबिन समिति गठन गरिएको थियो।समितिले आईतबार प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भित्रिएको १३८ केजीमध्ये १४ केजी मात्रै बरामद भएको बताएको छ। पक्राउ परेका घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेको बताईएको छ।समितिले नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नुपर्ने सुझाव दिएको छ।