कालिकोट । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २–००२–०००१ झ ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो । गौशाला नगरपालिका वडा नं १ रामनगरमा आफ्नै घर पार्किङ गरेर राखिएको गाडीमा हिजो राति २ बजेतिर अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाटा जोगिएको बताईएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादव अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । घटनास्थलबाट एउटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।