बिपीन शाहीको कप्तानीमा कालिकोट जिल्ला क्रिकेट टिमको छनौट ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ को श्री पञ्च देव मा।बी को प्राङ्गडमा प्रधामन्त्री कप एकदिवशिय राष्ट्रिय प्रतियोगीतामा सहभागी हुनको लागी जिल्ला बाट खेलाडी छनौट प्रकृया कार्यक्रम समापन भएको छ । जिल्ला क्रिकेट संघका उपाध्यक्ष नरहरी शाहीको सभाअध्यक्षता खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता तथा क्रिकेट संघका कर्णाली प्रदेस उपाध्यक्ष खड्कजङ्ग शाहीको बिषेस आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरी छनौट प्रकृया कार्यक्रमको समापन गरीएको संंघका जिल्ला सदस्य पवन बमले बताउनु भएको छ । आगामी पुस १० गते बाट कर्णाली प्रदेसको सुर्खेतमा संचालन हुने उक्त प्रतियोगीताको लागी कालिकोट जिल्ला क्रिकेट संघको आयोजनामा हिजो बाट खेलाडी छनौट प्रकृया सुरु गरेकोमा आज बिपिन शाहीको कप्तानीमा चौध सदस्यीय जिल्ला स्तरीय क्रिकेट टिमको छनौट गरीएको सदस्य पवन बमले जानकारी दिनुभएको छ ।

error: Content is protected !!