काठमाडौं . छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बसपार्कमा बा.२ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका-६ घर भई हाल काठमाडौं सुन्दरीजल बस्ने २५ वर्षीय सरोज विकको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।चितवन, कालिका नगरपालिका-१ लङकालाईनमा भरतपुरबाट खालेसिमलतर्फ जाँदै गरेको बा.११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।यसैगरी चितवन, भरतपुर महानगरपालिका-५ बिकास चोकमा ना.६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-५ बिकास चोक बस्ने २३ वर्षीया अमृता मिश्रको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरी, बलवा नगरपालिका-११ रातो खोल पुलमा प्रदेश २-०२-००४ प ३५४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका-११ रौजा बस्ने १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।सर्लाही, ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवार साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।बारा, प्रसौनी गाउँपालिका-२ दुधौरा खोलाको पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म.प्र.०३-०३० प ४३९८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिका-१२ सितलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्यूरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।भक्तपुर, सूर्यबिनायक नगरपालिका-९ जगाती पुलस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.१० च ८२८३ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सल्यान, बाग्चौर नगरपालिका-३ स्यालागैरास्थित सडकमा रा.१ क ८५९ नम्बरको तिरूपाते कम्पनीको जेसीबी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा जेसीबीका सह-चालक दाङ गढुवा गाउँपालिका-५ बस्ने २४ वर्षीय दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ। जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
थाहा खबर बाट साभार