पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एक जना पक्राउ

कास्की स् पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् ।उनी बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको थियो। रानाभाटलाई प्रहरीले पक्राउ कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले जानकारी दिए।

थाहा खबर बाट साभार