बाघले आक्रमण गर्दा बर्दियामा बालकको मृत्यु

कालिकोट । बर्दियामा बाघको आक्रमणबाट आज एक जना बालकको मृत्यु भएको छ । बाघको आक्रमण बाट बारबर्दिया नगरपालिका(४ बैरिया बस्ने रामशंकर थारुका अन्दाजी १०र११ वर्षका छोरा सुमित थारुको मृत्यु भएको बताईएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार बालक बबई नदीमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई उपचारको लागि आर।सी। थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

error: Content is protected !!