नेपाल संकटमा उभिएको छ देउवा

कालिकोट । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।आज पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरेका छन्।उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताएका हुन।उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताएका छन्।सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!