जगदम्बा स्टिल सहित विद्युत् महसुल नतिर्ने चार उद्योगको लाइन काटियो ।

कालिकोट । देश लोडसेडिङको चरम मारमा रहेका वेला ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युतको २१ अर्ब ८८ करोड बक्यौता छ, प्रधानमन्त्रीको निर्देशन लगत्तै बक्यौता महसुल उठाउन नेपाल विद्युत् प्राधिकरण आक्रामक बनेको हो । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेका जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको हिजो लाईन काटेको छ । यी उद्योगहरूको आठ अर्ब ७४ करोड महसुल बक्यौता रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ती बिहीबार प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिएका थिए । प्राधिकरणका अनुसार जगदम्बा स्टिलको बक्यौता सबैभन्दा धेरै छ । जगदम्बाको मात्रै चार अर्ब १४ करोड रुपैयाँ महसुल बक्यौता छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको एक अर्ब ९४ करोड, घोराही सिमेन्टको एक अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्टको एक अर्ब ३० करोड बक्यौता छ । लाइन काटिएपछि यी उद्योगमा लाइटिङ लोडसमेत नदिइएको बताईएको छ ।

error: Content is protected !!