कालिकोट । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने बताईएको छ।भीरको ठाउँमा पुल निमार्ण गर्नुपर्ने भएकाले यातायात सेवा बन्द गरेर काम गर्न लागिएको बताईएको छ ।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०स्४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०स्३० बजेसम्म मात्र चलाउन पाइने छ।काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०५५ सम्म तथा मालवाहक सवारी सधान १०४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताउनुभयो।त्यस्तै पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०स्५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०४५ बजेदेखि सत्रसय फाँटमा रोकिने भएको छ।पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ।