कालिकोट । इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ भने ७३४ जना घाइते भएका छन्।इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको बताईएको छ। त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले बताएको छ।गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्रालयले जनाएको छ।