कालिकोट । आज देशका केही स्थानमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा वर्षा र उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताईएको छ।महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै विच कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार राति कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताईएको छ ।