प्रधानमन्त्री कप एकदिवशिय राष्ट्रिय प्रतियोगीताको लागी जिल्ला स्तरीय खेलाडी छनौट प्रकृया सुरु ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ को श्री पञ्च देव मा.बी को प्राङ्गडमा प्रदेस स्तरीय प्रधामन्त्री कप एकदिवशिय राष्ट्रिय प्रतियोगीतामा सहभागी हुनको लागी जिल्ला बाट खेलाडी छनौट प्रकृया सुरु भएकोे छ ।

खेलाडी छनौट प्रकृया कार्यक्रममा क्रिकेट संघका कर्णाली प्रदेस समिति उपाअध्यक्ष तथा कालिकोट जिल्लाका अध्यक्ष खड्कजङ्ग शाहीले खेलाडीहरुलाई प्रशिक्षण दिनु भएको थियो । आगामी पुस १० गते बाट कर्णाली प्रदेसको सुर्खेतमा संचालन हुने उक्त प्रतियोगीताको लागी कालिकोट जिल्ला क्रिकेट संघको आयोजनामा आज बाट खेलाडी छनौट प्रकृया सुरु गरीएको क्रिकेट संघका जिल्ला सदस्य पवन बमले जानकारी दिनुभयो ।

छनौट प्रकृयाको पहिलो दिन आज कालिकोट (क) र कालिकोट (ख) यि दुईवटा समुह बिच खेल भएको पनि सदस्य वमले बताउनु भएको छ ।

error: Content is protected !!