प्रहरी देखेपछि झोला फ्याँकेर भागे कस्तुरीको बिना बोक्ने गिरोह

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना बरामद गरेको छ।प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले बरामद गरेको उक्त बिनाको तौल ८१ ग्राम रहेको जनाएको छ।भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए।उक्त झोला हेर्दा कस्तुरीको बिना फेला परेको र आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!