कालिकोट । जिल्लाको महाबै गाउँपालिका वडा नं ४ मा लोक्कल मदिरा सेवन गर्न र उत्पादन गर्न नपाउने भनि आमा समुहले भाडाहरु कब्जा गरेका छन । युवा जनशक्तीलाई मध्येनजर गर्दै वडामा मदिरा निषेधित गर्ने उदेश्यले रेडपाण्डा टोल बिकास समितिको पहलमा यस्तो कार्य गरिएको बताईएको छ । वडामा यदि कसैले मदिरा सेवन गरेर होहल्ला गरेको पाईएमा कानुनी सजाय समेत गराउने आमा समुहकी अध्यक्ष देबिसरा सिंह( देउकला ले) बताउनु भयको छ । मदिरा सेवन गरी होहल्लाह गर्नेलाई पहिलो पटक रु. १५०० दोस्रो पटक रु. ३००० र तेस्रोपटक रु.६००० जरिवाना गर्ने र उत्पादन गर्नेलाई ३०००,६०००,र ९००० जरिवाना गर्ने निर्णय समेत गरेको वडा अध्यक्ष हरि बहादुर शाही ( बिन्दास) ले बताउनु भयको छ । मदिरा सेवन गरि झगडा द्वन्द्व, हत्या, हिंसा जस्ता क्रियाकलापहरु गरेमा यो अभियान द्वारा विकृती हटाउन सबै महिला दिदि बहिनिहरुलाई वडा अध्यक्ष शाहिले आग्रह गर्नु भयको छ ।