कृषि फर्म अध्ययनको लागि महाबै गाउँपालिकाको सिङ्गो टोली सोलुखुम्बु पुग्यो

कालिकोट । कृषि फर्म र नमुना गाउँको अध्ययनको लागि महाबै गाउँपालिकाको सिङ्गो टिम सोलुखुम्बु पुगेको छ ।

गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन), उपाध्यक्ष दान सिंह सेजुवाल, प्रमुख प्रशासकीय अधिकृत ई.प्रकाश बहादुर शाही, लेखा अधिकृत मलीम रावत, कृषि शाखा प्रमुख किरण सिकर्मी, शिक्षा विज्ञ सुशिल सिंह लगायत नौ जनाको टोली अनुगमनको लागी सो ठाँउमा पुगेको हो ।

इको हिमाल नेपालको साझेदारीमा संचालित सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको देउसा कृषि फर्म र नमुना गाउँ को अध्ययनको लागि टोली त्यहाँ पुगेको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिनु भएको छ ।

त्यसबाट सिकाई गरी सोही अनुरुप महाबै गाउँपालिकामा आगामी दिन लागु गरिने उदश्ये रहेको पनि उहाँले बताउनु भएको छ ।

error: Content is protected !!