पूर्णसिंह बम, कालिकोट । मंसिर -२४ कालिकोट जिल्ला पलाँता गाउँपालिकाका को पलाँता अस्पतालले ड्रेसिङ गरेको ८० रुपैयाँ र बेड चार्ज सय रुपैयाँ चार्ज लिने गरेको पाइएको छ ! जिल्ला अस्पताल कालिकोटमा ड्रेसिङ्ग गरेको ५० र बेड चार्ज ३० रुपैयाँ लिनेगरेको जन स्वास्थ्य अधिकृत कटक महतले बताउनु भयको छ ! जिल्लाकै सबैभन्दा बिकट पलाँतामा रहेको १० सैयाको अस्पतालमा यति महङ्गो चार्ज लिने गरेको पाईको छ ! यति महंगो लिनुको कारण किन भनेर पालिका स्वास्थ्य प्रमुख धनप्रसाद न्यौपानेलाई सोधपुछ गर्दा आफुलाई थाहा नभयको र अस्पताल ब्यवस्थापन समिति आफैले निर्णय गरेर शुल्क लिने गरेको बताउनु भयको छ । पलाँता अस्पताल भएको वडामा स्वास्थ्य सेवा केन्द्र नहुँदा सोही वडाका सबै स्थानीय मारमा परेको स्थानीयबासि जीवन बम बताउँछन् ! यसैगरी नेपाल सरकारले ९८ किसिमका औसधि निशुल्क भनेपनी दुर्गमका जिल्ला र स्थानीय तहमा २५ देखि ६० किसिमका औसधि मात्र पाइने गरेको छ भने पलाँता अस्पतालमा कार्यरत अहेब पदका कर्मचारी नमराज नौपानेले ५७ किसिमका निशुल्क औसधि पाइने भनेता पनि अर्का अहेव कर्मचारी जगदिश पुर्बेले भने २७ किसिमका निशुल्क औसधि पाईने लिखित डाटा समेत उपलब्ध गराएका थिए ।