जाडो याममा पनि डेंगुको जोखिम

 

कालिकोट। नेपालमा पछिल्लो समय जाडोयाम लाग्दा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण जाडोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले जानकारी दिएका छन् ।महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डाअर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी०को तथ्याङ्कले गत वर्ष यता चिसो मौसममा पनि डेंगुको रिपोर्ट शून्य नभएको देखाउँछ ।इडीसीडीको तथ्याङ्कमा मङ्सिर १५ देखि २९ गते बिचमा २ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय योभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको छ । यसो हुनुमा जलवायु परिवर्तन मात्रै नभइ लामखुट्टेले आफूलाई तापक्रम अनुसार बाँच्न सक्ने क्षमता विकास गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताए ।पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा। शरद वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’‘पहिला सिजनमा मात्रै देखिने कतिपय रोग बिस्तारै बाह्रै महिना देखिन थालेको छ, जसमा डेंगु पनि पर्छ,’ डा। पुनले रातोपाटीसँग भने, ‘गर्मीमा मात्रै देखिने झिंगा करिब २ डिग्री सेल्सियस तापक्रममा भेटिएको छ, रोग सार्ने किराले चिसो सहन सक्ने क्षमता विकास गरेको भेटेको छु, डेंगु सार्ने लामखुट्टेले पनि आफूलाई चिसो अनुकुल बनाइसकेको छ ।’चिसो बढेसँगै डेंगुको संक्रमण केही घटे पनि निल नहुने जनस्वास्थ्यविद् डा। शरद वन्त बताउँछन् ।

 

error: Content is protected !!