दक्षिण अफ्रिकालाई हराउँदै भारतको उपाधि

कालिकोट । सन्जु स्यामसनको शतक र अर्शदीप सिंहको उत्कृष्ट बलिङमा भारतले तेस्रो तथा अन्तिम ओडिआईमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै उपाधि जितेको छ। योसँगै तीन खेलको सिरिज भारतले २–१ ले जितेको होबताईएको छ ।जितको लागि २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ दशमलव ५ ओभरमा २ सय १८ रनमा अल आउट भयोको थियो।तर मध्येक्रम र तल्लोक्रम नचल्दा दक्षिण अफ्रिका पराजित भएको हो। कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए।भारतका अर्शदीप सिंहले ४ विकेट लिए । तीन खेलमा १० विकेट लिँदै अर्शदीप प्लेयर अफ द सिरिज चुनिए। आवेश खान र वासिन्टन सुन्दरले २–२ विकेट लिए। अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिएका छन् ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो। भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए।सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो। तिलक बर्मा ५२ रनमा आउट भए। रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए।​ रिंकु सिंहले ३८ रनको योगदान दिएका छन्।

 

error: Content is protected !!