सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुको शपथ शीतलनिवासमा

कालिकोट ः राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका छन्।

error: Content is protected !!