कालिकोट -निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोक्ने बताइएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मोरङ र मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम, धनुषालाई मतदानस्थल तोकिएको जानकारी दिए। यसैगरी, बागमती प्रदेशका लागि मकवानपुरको हेटौँडास्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ब्लक प्राविधिक भवन, गण्डकी प्रदेशका लागि कास्कीको पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि कैलालीको धनगढीस्थित प्रदेशसभा भवनलाई मतदानस्थल तोकिएको छ। प्रवक्ता पौडेलका अनुसार तोकिएका मतदान केन्द्रमा माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।