कालिकोट । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे सुरु हुनेछ । साविक विजेता काठमाडौंका लागि शीर्ष चारमा पुग्न यो खेल महत्वपूर्ण छ । काठमाडौं ६ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ । वीरगञ्जलाई हराएमा काठमाडौंले दोस्रो स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्नेछन् । प्लेअफका बाँकी तीन स्थानका लागि मुख्य गरी धनगढी, ललितपुर, झापा र काठमाडौं ४ टिम होडमा छन् । त्यसैले अब हुने हरेक खेल महत्वपूर्ण हुनेछ ।