दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

कालिकोट । निजगढ नगरपालिकास्थित भमरामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।बुधबार दिउँसो रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिएका छन्।

error: Content is protected !!