कालिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ ।गएराति १० बजेतिर दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। सोही वडाका डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको बताईएको छ।रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाट भूकम्पपीडितको जस्ता पाता बोकेको घर्तीगाउँ जाँदै गरेको रा १ त १४ नम्बरको ट्र्याक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले बताएको छ।दुर्घटनामा ९ जना घाइते भएका छन् । आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्की घाइते भएका हुन्। यस्तै वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की पनि घाइते भएका छन्।घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको र ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक हाल फरार रहेको प्रहरीले बताएको छ।