सुदूरपश्चिममा फेरि भित्रियो कोभिड

कालिकोट । सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिन थालेको छ। आज बुधबार एक जना र हिजो मंगलबार एक जना गरि २ जनामा संक्रमण पुष्टि भएको हो।जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरीफण्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका(११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका(५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए।उनीहरू दुबैजना होम आइसोलेशनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।

error: Content is protected !!