खोप अभियान सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका मान्म बजार स्थीत जिल्ला प्रशासन कार्यालय कालिकोटको सभाहलमा टाईफाईट विरुद्धको खोप अभियान सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको समन्वयमा भुकम्प प्रभावित जिल्लाहरुमा टाईफाईट विरुद्धको खोप अभियान सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मी हरुका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कालिकोट जिल्लामा रोग नियन्त्रण, अपाङ्गता र मृत्युदर कम गर्ने, विभिन्न रोगहरुको निवारण उन्मुलनलाई तिव्रता दिने, आपुर्ती व्यवस्थाका साथै खोप व्यवस्थापन प्रणालीलाई सुदृढ र विस्तार गर्ने उदेश्यले अभियान सञ्चालन गर्न लागीएको हो । जिल्ला समन्वय समिति उपप्रमुख मिना रावतको सभाअध्यक्षता , कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता , जिल्ला प्रहरी कार्यालयका प्रमुख अनुसन्धान अधिकृत नित्यानन्द ढुंगाना ,तथा जिल्ला प्रहरी कालिकोटका प्रहरी नायव उपरिक्षक अर्जुन केसीको विषेश आतिथ्यता , जिल्ला स्थीत सम्पुर्ण पत्रकार, सञ्चारकमीर्, सुरक्षाकर्मी , नागरीक समाज स्वास्थ्य सेवा कार्यालयका कर्मचारी, जनप्रतिनिधि लगायतको उपस्थीतीमा कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य व्यावस्थापक ड।संकेत विश्वकर्माले कालिकोट जिल्लाका सबै स्थानिय तहहरुमा सञ्चालन हुन लागिरहेको राष्ट्रीय खोप अभियान , बहुवर्षिय खोप योजना खोप कार्यक्रमका उपलब्धीहरु बारेमा प्रष्ट पार्नु भएको थियो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले स्वास्थ्य सेवा कार्यालयको यो अभियानलाई सफल र सहज पार्नको लागी जिल्लाका सम्बन्धीत निकायबाट साथ सहयोगको अपेक्षा राख्नु भएको थियो । सो कार्यक्रममा अतिथिहरुले महत्वपुर्ण भनाई राख्दै अभियान सफल्ताको शुभकामना दिदै अभियानलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । राष्ट्रीय खोप कार्यक्रमले निर्धारण गरेका खोपहरुको बारेमा छलफल गरिएको थियो भने मानिसलाई विभिन्न प्रविधिबाट लाग्ने रोगहरुको निराकरण बारे बहस पनि गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत महतले गर्नु भएको थियो ।

error: Content is protected !!