कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका(१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिकाका विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो । गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।