श्रीलंकाका विदेशमन्त्री आज चार दिने भ्रमणमा काठमाडौं आउँदै

काठमाडौं श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका छन्।नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा हुँदै छ।बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्ने छन्।नेपाल भ्रमणका बेला श्रीलंकाका विदेश मन्त्रीले परराष्ट्रमन्त्री साउदसँग छुट्टै भेटवार्ता गर्ने मन्त्रालय जनाएको छ।भ्रमणका क्रममा विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। साब्री चार दिने भ्रमण सकेर पुस ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!