नरहरिनाथ गाउँपालिका मा अगुवा कृषक संञ्जाल गठन

नरहरिनाथ गाउँपालिकाको वडा नं ३ मा अगुवा कृषक संञ्जाल गठन गरिएको छ ।मंगलवार नरहरिनाथ गाउँपालिकाको वडा नं ३ का वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा जिल्ला अगुवा कृषक संञ्जालका सचिव हर्क बहादुर बुढाको प्रमुख आतिथ्यतामा गाउँपालिका अगुवा कृषक संञ्जालका अध्यक्ष लक्ष्मि प्रसाद उपाध्याय जनप्रतिनिधि वडाका सम्पुर्ण टोल विकास समितिका प्रमुख तथा पदाधिकारि र वडाका अगुवा कृषकहरुको उपस्थितिमा सो संञ्जाल गठन गरिएको हो । नर बहादुर बुढा अध्यक्ष रहने गरि १९ सदस्यीय संञ्जाल गठन गरिएको छ । त्यस्तै उपाध्यक्षमा अविसरा बिष्ट सचिवमा रत्न प्रसाद उपाध्याय सह(सचिवमा तयाराज उपाध्याय कोषाध्यक्षमा तुल्क्षा बुढा रहनुभएको जिल्ला अगुवा कृषक संञ्जालका सचिव हर्क बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार नव गठित उक्त संञ्जालले केहि महत्त्वपुर्ण निर्णय समेत गरेको छ। सम्पुर्ण पदाधिकारिले आ(आफ्नो टोलमा केहि दिन पछी नरहरिनाथमा लाग्ने हाटबजारका लागि आवश्यक सर(सामानको पहिचान गर्ने र अबका दिनमा व्यवसायिहरुको सहजताका लागि र यस ठाउँका लोप उन्मुख तथा पहिचान नभएका सामानहरुको संरक्षण एवम संवर्धनका लागि गाउँपालिकामा निरन्तर हाट बजार राख्न पहल तथा अभिप्रेरित गर्ने लगायतका महत्त्वपुर्ण निर्णय भएको बताउनुभयो ।त्यस्तै उक्त बैठकमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नरहरिनाथ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष कटक बहादुर बुढाले दिगो बिकासको लक्ष्य अनुसार हरेक क्षेत्रमा सबैले जागरुक भएर चासो राखेर सकृय भएर लाग्न वडा सरकार लाई सहयोग गर्न अनुरोध गर्नुभयो। साथै टोलमा हुने हरेक क्षेत्रका गतिविधिलाई प्रत्यक्ष निगरानि राख्दै विभिन्न समस्याहरुको समाधान गर्न टोल विकास समिति सकृय रुपमा लाग्न निर्देशन दिनुभयो। भने नवगठित सो समिति लाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

error: Content is protected !!