वीर अस्पतालका निर्देशक डा. पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च द्धारा आदेश

कालिकोट । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको बताईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आरोप लगाउँदै डा. पौडेललाई १४ मंसिरमा पदबाट हटाउने निर्णय गरेको थियो। त्यसलगत्तै डा. पौडेलले १८ मंसिरमा रिट दायर गरेका थिए ।