कालिकोट – ललितपुर महानगरपालिका २५ भैँसेपाटीस्थित निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई मंगलवार आगलागी भएको छ । आगलागीबाट करिब ५५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी परिसर ललितपुरको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाइएको छ ।