सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो बुधवार निर्णय हुने

कालिकोट । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत मंसिर २९ गते बाट सुरु भएको संसदीय सुनुवाइ आज सकिएको हो ।न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । समितिको सूचना अनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकाल विरुद्ध कुनै पनि उजुरी परेको थिएन । सोमबार संसदीय सुनुवाइ सकिएपछि बुधवार बिहान ११ बजे प्रस्तावित न्यायाधीशका सम्बन्धमा निर्णय गरिने संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन् ।

error: Content is protected !!