कालिकोट । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा अभियानको समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रिय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए । विशेष गरी आगामी १६ पुसमा समापन हुन लागेको जनतासँग माओवादी विशेष अभियानका विषयमा पनि बैठकमा छलफल हुनेछ ।