हिमचुली कृषि सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ मा रहेको केन्द्रिय कार्यालयको सभाहलमा व्यवसायिक कृषि उत्पादन र वजारीकरणमा सहभागिता । “दिगो एवम प्रविधि मैत्रि सहकारी हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ हिमचुली कृषि सरकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६५ साल भाद्र २५ गते स्थापना भएको संस्था गएको भाद्र २५ गते आफ्ना सफलताका १४ वर्ष पुरा गर्दै १५ बर्षमा प्रवेश गरेको छ । संस्थाको पहिलो सेवा कार्यालय रुपमा २०६७ साल जेष्ठ २ गते साविकको वडा नं ७ ताडीमा पहिलो मालिका हिमचुली महिला केन्द्र गठन गरी औपचारीक रुपमा महिला समुह कार्यक्रम सुरुवात भएको थियो । सहकारी संस्थाका अध्यक्ष, राष्ट्रिय सहकारी बैकका संचालक काली बहादुर महताराको सभा अध्यक्षता, पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति उप प्रमुख मिना रावत (वि.क),राष्कोट नगरपालिका पुर्व नगर प्रमुख संस्थाका संस्थापक अध्यक्ष काशीचन्द्र वरालको बिशेष आतिथ्यता, जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसी, प्रमुख अनुसन्धान अधिकृत नित्यानन्द ढुङगाना, जिल्ला स्थित सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सम्पुर्ण गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु संचालक समितिका सम्पुर्ण पदाधिकारी साथै कर्मचारीहरु, ११ वटै सेवा कार्यालय शाखा ब्यवस्थापकहरु सम्पुर्ण सेयर सदस्यहरु लगाएतको उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको होे । साधारण सभामा संस्थाका अध्यक्ष महताराले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कायक्रमको सञ्चालन संस्थाका बरिष्ठ उपाध्यक्ष सरोज बोगटी (विपिन) ले गर्नुभएको थियो । विशेष गरी महिलाहरुमा केन्द्रित भएर महिला उद्यम समुह मार्फत बचत तथा ऋणको कारोवारका साथ अन्य कार्यक्रम अघि बढाउदै पिछडिएको वर्ग, महिला वर्गहरुलाई ससक्तीकरण गरेर अगाडी वढाउले उदश्येले चौध वर्ष अगाडी स्थापना गरीएको संस्थाले अहिले जिल्ला भर ११ वटा स्थानमा सेवा कार्यालय स्थापना गरेर सदस्य केन्द्रित सेवा सुविधा अगाडी बढाउदै आई रहेको छ । २५ जना सेयर सदस्य र रु.२५ हजार नगद बाट सुरु गरीएको संस्थामा अहिले १४६६४ जना सदस्य छन् जसमा १०३४९ जना महिला र ४३४५ जना पुरुष रहेका छन भने सहकारीको कुल सेयर पुजी ७,५७,८७,६०० रहेको जनाईएको छ । सहकारीले अहिले बचत र ऋणलाई मात्र प्राथमिकता नदिई सामाजिक रुपान्तरणका कामहरु, स्थानिय स्तरमा उत्पादित भएका बस्तुहरुलाई बजारीकरण गरेर किसानहरुलाई प्रोत्साहान गर्ने, किसानहरुलाई उत्पादनका काममा अग्रसर गराउने लगाएत थुप्रै सेवा मुलक कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको छ । साधारण सभामा शुभकामना दिदै प्रमुख अतिथि, विषेश अतिथि लगाएत सम्पुर्ण अतिथि बक्ताहरुले संस्थाले आजसम्म प्राप्त गरेका उपलब्धि हरुको रक्षा गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुका साथै साधारण सभा भव्यरुपमा सफलताको शुभकामना दिनु भएको थियो । संस्थाले आगामी दिनमा सदस्यहरुको आबश्यकता पहिचान गरी व्यवसायी कृषि तालिम शिक्षा संचालन गर्ने, निर्जिवन बिमा र कर्जालाई थप प्रभावकारी रुपमा संचालन गर्ने, प्रत्येक सदस्यको शेयर पुजिलाई १५ हजार पुगाएर लक्ष्यलाई कार्यान्वयन गरी १५ हजार शेयर भएको सदस्यको दुर्घटना विमा १ लाख ५० हजार गर्ने र कालगति राहत ५ हजार देखि २० हजार सम्म संस्थाले नै उपलब्ध गराउने साथै यस्ता थुप्रै कामहरु आगामी दिनमा गर्ने पनि प्रतिवद्धता गर्दै साधारण सभा सम्पन्न भएको छ ।

error: Content is protected !!