‘एनओसी’को काम चार दिनदेखि अवरुद्ध, विद्यार्थी आन्दोलित

 

कालिकोट । सानोठिमीस्थित शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन्।‘नो अब्जेक्सन लेटर’ एनओसी लिन चार दिनदेखि धाउनुपरेको भन्दै उनीहरूले आइतबार दिनभर नाराबाजी गरेका हुन्।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि ‘सर्भर डाउन’ भएर सेवा अवरुद्ध विद्यार्थी चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित विद्यार्थीले नाराबाजी गरेका हुन्।वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्नासाथ सेवा शुरु हुने भन्दै सूचना टाँस गरेपछि अझै सेवा शुरु भएको छैन।भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी एनओसी पाउन नसक्दा मारमा परेका छन्। उनीहरूले चार दिनसम्म पनि सर्भर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका छन्।

 

error: Content is protected !!