पहिरो बाट ज्यान गुमाएका परिवारलाई म्यादी बिमा बापतको रकम हस्तान्तरण

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा वडा नं ४ मा पहिरो बाट ज्यान गुमाएका दुई जनाको परिवारलाई म्यादी बिमा बापतको रु १६ लाख १० हजार रकम हस्तान्तरण गरीएको छ । नगरपालिकाको वडा नं १ नाग्ममा रहेको नेश्नल लघुबित्त बितिय संस्था कार्यालय बाट उक्त रकम उपलब्ध गराईएको हो । २०७९ साल असोजमा लामो समय सम्म भएको अत्यन्तै ठुलो अबिरल बर्षाका कारण राँचुलीमा २३ गते माथिबाट आएको पहिरोले मलामी गएका वडा अध्यक्ष सहित १३ जनाकोे ज्यान गएको थियो । ज्याम गुमाएका मध्य वडा अध्यक्ष स्व.पर बहादुर शाहीको परिवार लाई रु ९ लाख २० हजार र स्व.मोतीलाल शाहीको परिवारलाई ६ लाख ९० हजार बिमा रकम हस्तान्तरण गरीएको बताइएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाही बाट उक्त हस्तान्तरण गरीएको नागरीक समाजका सचिव कमल बहादुर शाही (कर्णाली)ले जानकारी दिनु भएको छ

तपाईको प्रतिक्रिया
error: Content is protected !!