पुस २ र ३ गते त्रिविका सेवा बन्द हुने

कालिकोट । त्रिभुवन विश्वविद्यालय त्रिविले भोलि सोमबार र मंगलबार २ दिनका लागी सबै सेवा बन्द हुने जनाएको छ। त्रिविले ४९ औँ दीक्षान्त समारोह आयोजना गर्ने भन्दै सेवा बन्द गरिएको जनाएको हो।त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीद्धारा जारी सूचनाअनुसार सोमबार ४९ औँ दीक्षान्त समारोह हुने जानकारी गराईएको छ।‘त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह मिति २०८० साल पौष २ गते सोमबारका दिन आयोजना हुन गईरहेकाले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिँदै आएका सेवाहरु मिति २०८० पौष २ र ३ गते दुई दिन पूर्ण रुपमा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,सूचनामा उल्लेख गरीएको छ।

error: Content is protected !!