माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि १२ वटा दललाई आयोगले चुनाव चिह्न दियो

कालिकोट । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो । राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना रहेका बताईएको छ ।

error: Content is protected !!