रैथाने असला माछा सङ्कटमा

कालिकोट । छ दशक अगाडि निर्माण भएको जलचर संरक्षण ऐन कार्यान्वयन हुन अझै सकेको छैन । जसले गर्दा कोशी प्रदेशका रैथाने माछाहरू लोप हुने अवस्थामा पुगेको एक प्रतिवेदनले जनाएको छ । तत्कालीन सरकारले विक्रम सम्वत २०१७ मा जलचर संरक्षण ऐन निर्माण गरेको थियो । उक्त ऐनका हरेक दफाहरूमा जलचर प्राणीहरूको संरक्षण गर्नुपर्ने उल्लेख छ । यस्तै कानुन उल्लङ्घन गरे दण्ड सजायको व्यवस्था पनि छ । उक्त ऐनको दफा ४ को ९क०मा तोकिएका जातिका जलचरहरूलाई नेपाल सरकार वा स्थानीय अधिकारीको इजाजत पत्र बेगर कुनै पनि व्यक्तिले जानी जानी समात्न, मार्न तथा चोट पुर्याउन नपाउने गरी र ९ख०मा तोकिएको ऋतुमा र तोकिएका अवस्थाका कुनै पनि जलचरहरूलाई कुनै पनि व्यक्तिले जानी जानी समात्न, मार्न तथा चोट पुर्याउन नपाउने गरी मनाही गर्न सक्नेछ भन्ने उल्लेख रहेको छ ।ऐनमा विद्युतीय प्रक्रियाबाट माछा मारेमा वा विस्फोटक पदार्थ प्रयोग गरी माछा मारेमा वा विषादी प्रयोग गरी माछा मारेमा बिगो बमोजिमको क्षतिपूर्ति भराइ पाँच हजार जरिमाना हुने व्यवस्था छ । जसले गर्दा विभिन्न मानवीय कारणहरूले जलीय जीवहरूको नष्ट हुन गई जलीय जैविक विविधतामा क्षति पुगिरहेको छ ।कोशी प्रदेश मत्स्य विकास निर्देशनालयले गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा प्रदेशका रैथाने जातका माछाहरूसमेत लोपोन्मुख बनेका छन् । ‘विद्युत्, विषादी र बारुद प्रयोग गरी माछाको बीउ नै मासिने गरी गलत प्रविधिको प्रयोगले असला जातको माछाको सङ्ख्या घट्न थालेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘माछा मारेर जीविकोपार्जन गर्ने समुदायहरू समस्यामा परेका छन् ।’खेतबारीमा विषादी लगाएकाले पनि पहिले पहिले जस्तो रैथाने जातका अन्धा बाम, कचिया बाम, मागुर, हिलेलगायतका स्थानीय रैथाने जातका माछाहरू लोप हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । यस्तै कोशी प्रदेशका पोठी, चेलुवा, भोटिं, सिठी, तिते, कुटकुटिया जस्ता रैथाने जातको माछाको पनि संरक्षण गर्नुपर्ने आवश्यकता छ ।पहिले पहिले धेरै मानिसहरू धान पाक्ने बेला भदौ महिनादेखि असोज महिनासम्म माछा मार्ने र स्थानीय बजारमा विक्री गरी जीविकोपार्जन गर्ने गर्दथे,’ माछाबारे अनुसन्धानमा खटिएकी मत्स्य विकास निर्देशनालय कोशीकी मत्स्य विकास अधिकृत नेलसन पोखरेलले भनिन्, ‘अहिले भने त्यस्तो चलन हटिसकेको छ ।’नेपालमा २३६ प्रजातिका स्वदेशी एवम् १६ प्रजातिका आयातित माछा छन् । हालसम्म पहिचान गरिएको जम्मा २५२ प्रजातिका माछालगायत अन्य विभिन्न किसिमका हजारौँ जलचरहरूको आश्रय स्थल पनि नेपालका नदी–नालाहरू छन् । यी मध्ये केही अति दुर्लभ तथा नेपालमा मात्र पाइने प्रजातिहरू पनि छन् ।यद्यपि कतिपय धार्मिक तथा सांस्कृतिक स्थलहरूमा असला जातका माछा संरक्षण गरिएको छ । सङ्खुवासभाको मत्स्य पोखरीमा असङ्ख्य रूपमा असला माछा रहेको छ । ‘यसबाट के आकलन गर्न सकिन्छ भने असला माछाको खास रैथाने प्रजाति संखुवासभा जिल्लामा रहेको र व्यावसायिक हिसाबले पालन प्रविधिमा असला माछालाई लान सकिने प्रचुर सम्भावना देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । यस्तै खोटाङको भुलभुले दुध कुण्डमा पनि धार्मिक आस्थाको कारण असला माछा संरक्षित छन् ।

 

error: Content is protected !!