आज एसिया कपको उपाधिका लागि यूएई र बंगलादेश भिड्दै

कालिकोट । एसिसी अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदैछ।दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ। सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएका हुन्।बंगलादेशले साबिक विजेता भारतलाई ४ विकेटले हरायो। भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो।अर्को सेमिफाइनलमा घरेलु टोली युएईले पाकिस्तानलाई ११ रनले हरायो। १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९दशमलव ३ ओभरमा १८२ रनमात्र बनायो।